हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० को मतगणना सुरु भएको छ । प्रारम्भिक १०० मत गन्दा अहिलेसम्म मेयरमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले अग्रता बनाएका छन् ।
३७ मतसहित पौडेल अग्रस्थानमा रहदा मेयरमा राप्रपाका दिपक सिंहले ३४ मत सहित दोस्रो स्थानमा छन् । यस्तै १९ भोट पाएकी गठबनधनतर्फबाट नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामा तेस्रो स्थानमा छिन् ।
उपमेयरमा नेकपा एमालेकी सुमित्रा काफ्ले ४१ मत सहित अग्रस्थानमा छिन् । गठबन्धनतर्फबाट कांग्रेसका राजेश बानियाँले २८ मत पाउँदा राप्रपाकी इन्द्रिरा न्यौपानले १८ मत पाएकी छन् ।
त्यस्तै वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार फूर्बा दोर्जे तमाङ्गले अग्रता बनाएका छन् । उनले ४८ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका रमेशध्वज कार्कीले २० मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका सन्तोष न्यौपानेले १० भोट पाएका छन् भने राप्रपाका राजकुमार थापा क्षेत्रीले १४ मत ल्याएका छन् ।
प्राप्त जानकारी अनुसार १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको छ भने अन्यको मत गणना जारी छ ।