प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको विजयी सुरुआत

२०७९ आश्विन २७, बिहीबार १२:२४ बजे

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई २–० गोलले हराउँदै एनआरएनएले विजयी सुरुआत गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गरे । खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २–० को जित दिलाए ।