प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल र फिलिपिन्सबीचको मैत्रीपूर्ण खेल सुरु, लाइभ हेर्नुहोस्

२०८० जेठ ३२, बिहीबार ११:०७ बजे

हेटौंडा – नेपाल र फिलिपिन्सबीचको मैत्रीपूर्ण खेल सुरु भएको छ । रिजल मेमोरियल स्टेडियममा नेपाल र फिलिपिन्सबीचको खेल सुरु भएको हो।

फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुआती–११ को फरवार्ड लाइनमा आयूष घलान, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् भने टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका छन् ।

त्यस्तै, डिफेन्समा विमल पाण्डे, सशिष श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द्र रहेका छन्। मिडफिल लाइनमा पुजन उपरकोटी, एरिक विष्ट र लोकेश लिम्बु रहने छन् ।

 डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् ।

लाइभ हेर्नुहोस्