प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू-१९ महिला एसिया कप: नेपाल आज श्रीलंकासँग सुपर चारमा प्रतिस्पर्धा

२०८१ पौष ४, बिहीबार ०७:४६ बजे

काठमाडौँ – यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज सुपर चारमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर चारमा पुगेको नेपालले बिहीबार बिहान ११:४५ बजे श्रीलंकासँग खेल्नेछ।

समूह चरणको अन्तिम खेलमा भारतसँग अंक बाँडेको नेपाल समूह ‘बी’ मा दोस्रो स्थानमा रह्यो। समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश सुपर चारमा प्रवेश गरेका छन्।

सुपर चारको अर्को खेलमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्, जुन आइतबार हुनेछ। एसिया कपमा नेपाल यू-१९ महिला विश्व कपमा छनोट भएको कारण सहभागी भएको हो।