प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बस र टाटासुमो ठोक्किँयो, एक जनाको मृत्यु

२०७९ माघ १७, मंगलबार ०३:२४ बजे

काठमाडौं – काठमाडौंको सितापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खादा एक महिलाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा बसमा सवार रसुवाको गोसाइकुण्ड घर भइ हाल काठमाण्डौको पुतलिसडक बस्ने ५२ वर्षीया यायल्म घले रहेकी छिन् ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भू स्थित मनोमहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका बसका परिचालकको नेपाल नेश्‍नल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका बसमा सवार ३ जना भने उपचारपश्‍चात डिस्चार्ज भइसकेका छन् । कंलकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नम्बरको टाटासुमो आज बिहान ११ बजे आपसमा ठोकिदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी वृत स्वयम्भूले जानकारी दिएको छ ।