काठमाडौँ – पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।