हेटौंडा – जाँड बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ मर्चा बिक्री गर्न जाने क्रममा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो ।
मर्चा बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदै गरेका माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । प्रहरीका अनुसार माझीलाई हात्तीले कुल्चिदा उनको मृत्यु भएको हो ।