प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

‘नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाडो भएको छ’

२०७८ चैत्र १६, बुधबार ०४:२८ बजे

काठमाडौं – अर्थविद डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाडो बनाउने काम भएको बताए । नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका मुलुकहरुमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले गर्ने नगरेको बताए ।

पाण्डेले नेपाल सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ता बाडने गरेको बताए । उनले भने,‘बजेटमा नै हेर्ने हो भने सरकारले १२ प्रतिशत भन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेका छौं । यति खर्च दक्षिण एसियामा कुनै पनि मुलुकमा हुँदैन । सामाजिक सुरक्षामा खर्च गर्ने हामीसँग हैसियत छ । गरिवबाट उठाएको पैसा मनपरि बाडन पाइन्छ । वृद्धाभत्ता भोट किन्ने माध्यम भएको छ । सबै वृद्धाहरुलाई भत्ता दिनु पर्ने छन त ? नेपालमा ७० वर्ष नागेका गरिव नागरिक पाउन गाह्रो छ । ७० वर्ष पुग्ने सबै धनी हुन । गरिवबाट उठाएको पैसा धनीहरुलाई बाढी राख्ने हो । यसरी हामी भोट किन्ने हो । हामीले यसरी पैसा छरेर बाडनु हुन्न । यसरी मुलुक माथि उकालो लाग्दैन ।’

पाण्डेले सरकारले यसरी भोट किन्नको लागि सामाजिक सुरक्षामा पैसा बाडने हो भने मुलुक माथि जान नसक्ने दाबी गरे ।