हेटौंडा – हेटौंडामा समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत सामाजिक विकृति–विसंगति बिरुद्ध प्रशिक्षण तथा जनचेतना मुलक अन्तरक्रिया कार्याक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखा मकवानपुर, सामुदायिक प्रहरी सेवा उप–केन्द्र बसपार्क हेटौडाको आयोजनामा र जिल्ला खेलकुद बिकास समिति मकवानपुरको समन्वयमा अन्तरक्रिया कार्याक्रम गरिएको हो ।
प्रदिप कडेलको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता मकवानपुरका एसपी बामदेव गौतमको रहेको थियो । त्यस्तै मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्की, खेलकुद बिकस समिती मकवानपुरका अध्यक्ष भेष खड्गी, प्रहरी निरीक्षक चुडा कुमारी खड्का, राम बिष्ट, शालिकराम पुडासैनी, राजन दाहाल, अजित राई, दिगम्बर रुपाचा, देबकी ढुंगाना, शर्मिला श्रेष्ठ, लालकाजी रत्न बज्रचार्य, संचारकर्मीहरु, खेलकुदका प्रशिक्षकहरु, खेलाडीहरु लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बुद्धिजिबि र सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।