काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
खैरो हेरोइन १ ग्राम ९ मिलिग्राम सहति धनकुटा पाख्रीवास नगरपालिका–५ घर भएका २७ वर्षीय डिल्ली बहादुर कटुवाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
विराटनगरदेखि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६३ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।