हेटौंडा – सामुदायिक वनहरुको अन्तराष्ट्रिय सञ्जालको नेतृत्व नेपालले पाएको छ । नैरवीमा भएको भेलाल १६ वटा देशहरुको प्रतिनिधित्व गर्दै बनाएको कार्यसमितिमा बागमती प्रदेश सभाकी सदस्य एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठक उक्त सञ्जालको अध्यक्ष चयन भएकी हुन् ।
कार्य समितिमा अफ्रिका, ल्याटिन अमेरिका र यशियाबाट १६ वटा देशहरुको सहभागिता रहेको छ । उक्त समितिले विश्वभरीका सामुदायिक वनहरुमा रहेका आदिबासी, स्थानिय समुदाय, महिला लगाएतको बिषयमा अधिकार, दिगो वन ब्यबस्थापनसंगै जिविकोपार्जन, क्षमता अभिबृद्धी लगाएतको बिषयमा वकालत गर्नुको साथै अधिकार सुनिश्चिताको लागि समेत काम गर्नेछ । बिषेशगरी जलवायुको क्षेत्रमा काम गर्ने समेत पाठकले जनाइन् ।
मकवानपुरकी पाठक २५वर्षदेखि सामुदायिक वनको क्षेत्रमा निरन्तर सक्रिय रहदै हाल अन्तराष्ट्रिय स्तरमा सामुदायिक वनको नेतृत्व गर्ने पहिलो नेपाली महिला समेत हुन् । उनी नेकपा ९एमाले० वन तथा वातावरण विभाागकी प्रमुखसमेत रहेकी छिन् भने सांसद पाठक प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता हुन् ।