प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शिवमको खानी क्षेत्र अनुगमन झारा टार्ने, उद्योगको अवैध काम सिडिओले देखेनन्

२०७९ फाल्गुन ५, शुक्रबार १०:३५ बजे

हेटौंडा – शिवम् सिमेन्टले अनुगमनको नाउँमा मकवानपुरका प्रमुख जिल्ला अधिकारलाई नै झुक्काएको स्थानीयहरुले आरोप लगाएका छन् ।

मकवानपुरको गढी ७ मा खानी संचालन गरेर स्थानीयहरुको हुर्मत लिँदै आइरहेको शिवम्ले फागुन १ गते प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाँण्डेलाई सुकौरास्थित चुनढुङ्गा खानी क्षेत्रमा अनुगमनको बाहनामा बोलाएर झुक्काएको शिवमका खानीबाट पीडित स्थानीय मंगलमान स्यानतानले बताउनुभयो । आफूहरुलाई समेत थाहा नै नदिएर शिवम्ले केही जनप्रतिनिधिहरुको समेत मिलेमतोमा प्रमुख जिल्ला अधिकारी पाँण्डेलाई समेत झुक्काएको उहाँले बताउनुभयो ।

पीडितको बिषयमा र पीडितका सवालमा कुनै जानकारी नै नगराएर प्रमुख जिल्ला अधिकारीलाई शिवम्ले हेटौंडा फिर्ता पठाएको स्थानीयहरुको भनाइ छ । शिवम्ले खानी संचालन गरेर स्थानीयहरुको हुर्मत लिएको खबर प्रहरखबरमा प्रकाशित भएपछि गत माघ २९ गते ११ जनाको समिति बनाएर खानी अनुगमनको नाटक रचेको थियो । त्यसमा एकजना भन्दा बाहेक सबैले उक्त नाटकलाई असफल बनाइदिएका छन् ।

निर्णयमा एकजनाको मात्रै हस्ताक्षर
माघ २९ गते खानी क्षेत्रको अनुगमन भएको भनिएको छ, तर अनुगमनपछिको निर्णयमा भने एकजना भन्दा अन्य सदस्यहरुको हस्ताक्षर नभएपनि सोको कुनै जानकारी प्रमुख जिल्ला अधिकारी पाँण्डेलाई नगराएर शिवम्ले सिडियोलाई नै गुम्राहामा राखेको बुझाइ गाउलेको छ ।

११ जना सदस्य रहेको समितिको निर्णयमा एकजनाको मात्रै हस्ताक्षर रहेपनि शिवम् यस बिषयमा गम्भीर देखिएको छैन । यद्यपी वडा नम्बर ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बाले भने आफू अनुगमनमा नगएको तर यस बिषयमा के प्रतिवेदन तयार भएको छ सोको बारेमा आफूलाई थाहा नभएको भन्दै राति फोन गर्न भन्दै पन्छिए ।

सबै राम्रो देखें ः प्रजिअ पाँण्डे
प्रहरखबरसंगको कुराकानीका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाँण्डेले भने आफू फागुन १ गते सुकौराको खानी अवलोकनका लागि गएको र आफूले भने शिवमले गलत केही नगरेको पाएको बताएका छन् । उनले सडक,पानी सहितका बिकासको क्षेत्रमा शिवम्ले राम्रो गरेको आफूले पाएको बताए तर उनले पीडितका समस्या तथा प्रकृति दोहनका बिषयमा भने आफ्नो यो पाटो नभएको जिकिर गरे ।केही गलत गरेको भएपनि कारवाही गर्न आफूले नसक्ने बताएका छन्।

सम्बन्धित समाचारहरु 

शिवमको कालाकर्तुतः स्वीकृती बिना बर्षौँ चुनढुङ्गा उत्खनन्

चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम

शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम

मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका

शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?

टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन

शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?