हेटौंडा – काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी पछाडिको सडकमा भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा स्कुटर चालक काठमाडौंको तारकेश्वर नगरपालिका ९ बस्ने १९ वर्षिया रोजिना महर्जनको मृत्यु भएको हो । उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ
बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आइतबार बिहान ११ बजे आपसमा ठोक्किँएको थियो । घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।