प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वनभोजका लागि हिँडेको बस दुर्घटना

२०८० पौष १५, आईतबार ०९:२५ बजे

काठमाडौं – वनभोजका लागि हिँडेको बस दाङको दमारगाउँमा दुर्घटना भएको छ । बर्दियाबाट वनभोजका लागि हिडेको भे१ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–६ को पिपरहवा कृषि कृषक समूह वनभोजका लागि चखौरा जाँदै थिए ।दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।