प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाली राष्ट्रिय फुटसल टोली घोषणा

२०७८ चैत्र ७, सोमबार ०९:०५ बजे

हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोली घोषणा गरेको छ। राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिता अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुनेछ । प्रतियोगिताको समूह बी मा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँग बराबरी खेलेको छ ।

अन्तिम टोलीमा अनिश श्रेष्ठ, विश्वास पौडेल, विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
हेमन्त गुरुङ, खिमराज गुरुङ र किशोर गुरुङ रहेका छन् ।