प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको मूल्य २०० रुपैयाँले घट्यो

२०७९ असार २९, बुधबार ०५:२८ बजे

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँमा झरेको हो । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।