हेटौंडा – बागमती प्रदेश सकारले राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउनको लागि १ अर्ब ५ करोड ८० लाख विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पुर्वधार बिकास आयोजनामार्फत हेटौंडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड ८० लाख विनियोजन गरेको बताए ।
प्रदेश राजधानी पुर्वधार बिकास आयोजना अन्तर्गत विभिन्न सरकारी कार्यलय, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पुर्वधारहरु र हेटौंडा चक्र पथ निर्माण गरिने बताए ।