प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

२०८१ जेठ ५, शनिबार १९:४३ बजे

काठमाडौं – सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच उक्त सहमति भएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।