प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भोली विजया दशमी, कति बजे छ टीकाको उत्तम साइत?

२०८० कार्तिक ६, सोमबार २०:५५ बजे

काठमाडौं - यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैं पर्व समाप्त हुन्छ।