प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओभरटेक गर्ने क्रममा बसमा ठोक्किँयो स्कुटर, चालक श्रेष्ठको मृत्यु

२०७९ माघ २८, शनिबार ०३:१३ बजे

हेटौंडा – ओभरटेक गर्ने क्रममा बसमा ठोक्किँएर स्कुटर दुर्घटना चालकको मृत्यु भएको छ । काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प. ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।

दुवै दुर्घटनाका सवारी साधन र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले लिई दुवै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।