काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।