प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

बुवालाई खुकुरी हान्ने राजन गुरुङ पक्राउ

२०७९ कार्तिक १४, सोमबार १३:२९ बजे

चितवन – चितवनको माडी नगरपालिकाको रामराज्यपुरीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी फरार रहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

माडी नगरपालिका ६ घर भएका ६५ बर्षीय रामबहादुर गुरुङलाई गएराति टाउकोमा खुकुरी प्रहार गरी फरार भएका छोरा राजन गुरुङलाई माडीकै मजुवा गाउँबाट प्रहरी पक्राउ गरेको हो । रामबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ ।

अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेजमा ल्याइएको छ । पक्राउ परेका छोरा राजनलाई इलाका प्रहरी कार्यालय बसन्तपुर माडीमा राखिएको छ ।