प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०७९ कार्तिक २, बुधबार ०५:०५ बजे

हेटौंडा – गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका ५ मैनाहामा मंगलबार बेलुका सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल गाडामा ठोक्किँदा चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका ३ का ३० वर्षीय रमेश रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका रानाको उपचारका क्रममा ईशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको मोटरसाइकल मंगलबार बेलुका ७ बजे बिपरित दिशाबाट आउँदै गरेको राँगा गाडामा ठोकिएको ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।