हेटौंडा – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ लामीडाँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङ रहेका छन् । धुलिखेल अस्पतालमा आज पौने १० बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिरो किलोबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई सोमबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।
प्रतिगात्मक तस्वीर