प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

२०७९ फाल्गुन ७, आईतबार ०५:५५ बजे

हेटौंडा – सुनसरीको हरिनगर गाउँपालिका १ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छन् ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले आइतबार बिहान साढे ११ बजे सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।