प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जबरजस्ती करणीमा संलग्न चारजना पक्राउ

२०८१ पौष १०, बुधबार १८:०१ बजे

काठमाडौं – २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मो. रमजान, सोही ठाउँका १९ वर्षीय सोनु कुमार साह, र भारत अररिया कुशाकट्टाका १९ वर्षीय मो. गुल्जार रहेका छन्।

कटहरी गाउँपालिका-२, कदमगाछीस्थित बाँसघारीमा ती महिला बेहोस अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर पठाएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट ती महिलालाई सिटी सफारीमा राखी बाँसघारीमा लगेर रमजानले जबरजस्ती करणी गरेको र सोनु र गुल्जारले उनलाई समात्न सघाएको खुल्न आएको छ। अनुसन्धानकै क्रममा तीनैजनालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

यस्तै, प्युठानमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-१, खारखोला बस्ने २५ वर्षीय ज्ञानेन्द्र राना मगरलाई प्रहरीले पक्राउ गरेको छ। पुस १ गते किशोरीमाथि जबरजस्ती करणी गरिएको उजुरीका आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

प्रहरीले दुवै घटनाका आरोपीहरूमाथि आवश्यक कानुनी अनुसन्धान गरिरहेको जनाएको छ।