प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना: नाबालक छोराको मृत्यु, आमाबुवासहित ३ जना घाइते

२०८० मंसिर ३०, शनिबार २१:३१ बजे

हेटौंडा – मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा धनुषा एक बालकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका–६ ढल्केवरमा मधेश प्रदेश २-००७ प २१६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका-९ बस्ने ३७ वर्षीय नागेन्द्र साहको छोरा ७ वर्षीय सिद्दार्थ साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका नागेन्द्र साह, उनकै श्रीमती र ३ वर्षीया छोरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।