प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पर्खालले च्यापिएर एकजनाको मृत्यु

२०८० फाल्गुन ११, शुक्रबार १९:१७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ सिचाँईटोलमा शुक्रबार पर्खालले च्यापिएर एक जना मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामचन्द्र शर्मा देबकोटाको घरमा बस्ने ४० बर्षीय बसन्त महर्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खानेपानीको काम गर्ने क्रममा ईट्टाको पर्खाल लडेर च्यापिदा महर्जन गम्भीर घाइते भएका थिए । उनको तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टर अपह्रान्न ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।