हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा मकवानपुरको आयोजनामा यही माघ १ गते हेटौंडा औधोगिक क्षेत्रस्तिथ हनुमान गेटमा पाँचौ थारु माघी महोत्सव, २०७९ आयोजना हुने भएको भएको हो ।
हेटौंडामा २०७५ सालदेखि माघी पर्व महोत्सवको रुपमा मनाउन थालिएको र यसपटक पनि भव्यताका साथ मनाउन लागिएको थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीले जानकारी दिए ।
उनले हरेक वर्ष फरक–फरक स्थानमा माघी महोत्सव मनाउँदै आईरहेकोमा यस वर्ष हेटौडाको औधोगिक क्षेत्रभित्र रहेको खेल मैदानमा मनाउने कार्यक्रम तय भएको बताए ।
महोत्सवमा पहिचान झल्किने थारु भेषभुषा, कला, संस्कृति र थारु परिकारहरुको सशुल्क स्टल रहने छन् । साथै, थारु सांस्कृतिक गीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रम बाट दर्शकहरुलाई मनोरन्जन प्रदान गरिने उनले बताए ।
फाइल तस्वीरः प्रथम थारु माघी महोत्सव २०७५ ।