प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्रपा बागमती प्रदेशको संसदीय दलको नेतामा थापा

२०७९ पौष १२, मंगलबार ०३:४६ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् ।

काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (ख) बाट प्रदेश सभा सदस्य थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संसदीय दलको प्रमुख सचेतक, सचिव लगायत चयन गर्न बाँकी रहेको छ । बागमती प्रदेश सभामा राप्रपाको १३ जना प्रदेश सभा सदस्य रहेका छन् ।