प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीरबाट लडेर स्याङतानको मृत्यु

२०८० जेठ ८, सोमबार ०२:३० बजे

हेटौंडा – काभ्रेपलाञ्चोकमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोशी गाउँपालिका–१२, केराबारी ढाडेगाउँ बस्ने ४५ वर्षीय बाबुलाल स्याङतानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी सडकबाट अन्दाजी ३०० मिटर तल भीर जङ्गलको खोचमा मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।