काठमाडौं – कालीकोटको शुभकालीका गाउँपालिका–६ मा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराती बेहुली पानतडी सडक खण्डको चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको लु १ च ८४९८ नं को बोलेरो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा शुभकालीका गाउँपालिका वडा नं २ का जिप चालक वर्ष ३० का हर्के कामी, शुभकालिका ८ बस्ने वर्ष ३१ का राम बहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका वर्ष अन्दाजी २५ का गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।
प्रहरीका अनुसार बोलेरो सडकदेखी अन्दाजी एक सय ५० मिटर तल खसेको छ । रातीको समय भएकाले घटना ढिलो गरी थाहा भएको प्रहरीको भनाई छ ।