हेटौंडा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाल रहेका छन् ।
राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह–चालकको रूपमा कार्यरत खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।