काठमाडौं – जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थाकी कृष्ण माया लाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् शान्तिराम पनि गम्भीर घाइते भएका छन् ।
सांकतिक तस्वीर