प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

२ हजार ४४९ जना चालकलाई कारवाही

२०७९ श्रावण २४, मंगलबार ०४:४६ बजे

काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४४९ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभावी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकहरूलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।