प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चुरियामाई मन्दिर नजिकै बस दुर्घटना: चालक र सहचालक प्रहरीको नियन्त्रणमा

२०८० भाद्र ७, बिहीबार ०३:४७ बजे

हेटौंडा – बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि चालक र सहचालक फरार थिए। प्रहरीले उनीहरुलाई धनुषाबाट नियन्त्रणमा लिइएको जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ६ भारतीय र एक नेपालीको मृत्यु भएका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १४ जना हेटौंडा अस्पताल भइरहेको छन् भने चुरेहिल, सञ्चो र पुरानो मेडिकल कलेज भरतपुरमा उपचारमा एक–एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा २६ जना सवार थिए ।  बस चुरियामाई मन्दिरनजिकै सडकबाट करिब १५ फिट तल खसेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्