प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुदः आर्मीको फराकिलो जित

२०७९ आश्विन २८, शुक्रबार ११:२३ बजे


हेटौंडा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । पोखराको लामाचौर गोस्तेस्थित मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ को फराकिलो गोलअन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउनका लागि दिनेश हेम्जन, प्रिन्स कार्की र नवयुग श्रेष्ठ एक–एक गोल गर्दा एक गोल उपहार पाएको थियो । उता लुम्बिनीका लागि चेतन थारु एक गोल फर्काएका थिए ।

खेलको सुरुवातीदेखि नै दवाबमा राखेको हार्मीले खेलको पाँचौं मिनेटमा दिनेश हेम्जनको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुम्बिनीका खेलाडी आत्मघाती गोल गरेपछि आर्मीले २–० को अग्रता बनाएको थियो ।

दोस्रोको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को शानदार जित दिलाए ।