हेटौंडा – बझाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको थियो। उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।