काठमाडौं – तनहुँमा गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसहित ३ जनालाई पक्राउ गरेको हो ।
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।