प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

३ हजार ५२४ जना चालक सवारी चालक कारवाहीमा

२०७९ भाद्र १६, बिहीबार ०४:५६ बजे

हेटौंडा – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५२४ जना चालकहरूलाई बुधबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

अनावश्यक हर्नको बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना, तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।