प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शुक्रबार सार्वजानिक बिदा

२०८० असार २७, बुधबार ०२:५२ बजे

तनहुँ – राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार बिदा दिने निर्णय गरेकाले बिदा दिइएको मुख्यमन्त्री कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको जनाइएको छ ।