हेटौंडा – इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालका अनुसार इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको उनले बताए ।
उनले जिपमा कति जना सवार भन्ने बारे यकिन नभएको बताए। अहिलेसम्म २ जनाको शव फेला परेको उनले पुष्टि गरे। बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।