हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरीमा बुधबार योद्धा पिकअप गाडीको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पैदलयात्री बर्ष ८६ को सुर्य बहदुर थिङ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको योद्धा पिकअप गाडी ब्याक गर्ने क्रममा ् थिङलाई ठक्कर दिदा घाइते भएका हुन् । हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
सवारी चालक प्रहरीको सम्पर्कमा रहेको बताईएको छ ।