हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनमा रोक लगाइएको छ।
नेपाली कांग्रेसको ध्यानाकर्षण तथा रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न, दृश्य खिच्न रोक लगाइएको हो ।
पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल, कार्य समिति सदस्यद्वय गणेश दुलाल(श्यामलाल) र मनिल महत्तोलाई समाचार संकलनमा रोक लगाएको उनीहरूले बताएका छन्।
घटनाको संचारकर्मीले विरोध गरेका छन् ।