प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका

२०८१ आश्विन १५, मंगलबार २१:०४ बजे

काठमाडौँ – अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ ।

समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको छ ।

अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्, इरानले इजरायलमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ । अमेरिकी मिडिया सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने, 'इजरायलविरुद्धको कुनै पनि प्रत्यक्ष आक्रमणले इरानका लागि गम्भीर परिणाम ल्याउनेछ ।'

अर्कोतर्फ इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन् ।

यसैबीच इजरायली रक्षा बलले ट्वीटरमा लेखेका छन्, उनीहरूले बेरुतमा आक्रमण सुरु गरेको छ ।