प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ

२०८० आश्विन १४, आईतबार १३:४८ बजे

काठमाडौं – प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटबाट ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् ।

लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उक्त रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । रक्त चन्दनको काठ र पक्राउ गरिएको आठै जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको बताईएको छ ।