प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा अटो दुर्घटना हुँदा घिमिरेको मृत्यु

२०८० फाल्गुन ९, बुधबार १०:५९ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.४ ज्वालादेविमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक सोही स्थान बस्ने अन्दाजी ३५ बर्षीय सुमन भन्ने देबि बहादुर घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धादिङबजार तर्फबाट ज्वालादेवितर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर बिहीबार बिहान ६ बजेर १७ मिनेटको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी निधारमा र टाउकोमा चोट लागेको घिमिरेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएको ६ बजेर ५८ मिनेटको समयमा डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव हेटौंडा अस्पतालमै राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।