प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा आगलागीः घरगोठ जलेर नष्ट

२०७९ भाद्र २८, मंगलबार ०७:०६ बजे

हेटौंडा – मकवानपुर, मकवानपुरगढी गाउँपालिका–६ स्थित अदालत डाडाँमा एक घरगोठ जलेर नष्ट भएको छ ।

स्थानीय अमर बहादुर खत्रीको काठले बनेको दुई तले घर र गोठ जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार जस्ताले छाएको कच्ची घरमा करेन्ट सट भएर आगोलागी भएको हो । आगलागीबाट २८ लाख बराबरको क्षति भएको उनले बताए । उनले आगलागीबाट पशुचौपाया र मानविय क्षती नभएको बताए ।