प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा समक्ष मुख्यन्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश

२०८० भाद्र २४, आईतबार १२:२३ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन बुझाएका छन् ।

प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष ०७९/८० मा मुख्यन्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गरिएको हो ।

मुख्यन्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले मुख्यन्यायधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारवाहीको प्रशंसा गरे । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्यन्यायधिवक्ता कार्यालय लागिपर्ने विश्वास व्यक्त गरे ।