प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको कर्रा खोलामा बेपत्ता भएका तीनै जना मृत भेटिए

२०७९ आश्विन ७, शुक्रबार १४:१० बजे

हेटौंडा – हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकहरूको शव भेटिएको छ । शुक्रबार साँझ हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नागदहस्थित कर्रा खोलामा बेपत्ता भएका तीनै जना मृत भेटिएका हुन् ।

नागदहस्थित कर्रा खोलामा चार जना बालकहरू पौडी खेल्न जाने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । चार जना मध्ये तीन जना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गरेको थियो । उनीहरुलाई खोजी गर्ने क्रममा उनीहरूको शव नागदहमै भेटिएको हो । मृतकहरूको पहिचान भइसकेको छैन ।

प्रहरीका अनुसार मृत्यु हुने बालकहरू १० देखि १२ वर्ष उमेर समूह रहेका छन् । उनीहरू हेटौंडा ८ कमानेबाट पौडी खेल्न गएका थिए । उनीहरूको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।